काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को प्रसारण यो हप्ताका लागि स्थगित भएको छ । कमेडी शो आयोजकले मंगलबार सूचना जारी गरी यो हप्ता प्रसारण नहुने जनाएको हो ।
‘एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ। टिमका बाँकी सदस्यको पनि परिक्षण जारी छ, र क्वारेनटाइन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ। आ–आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्न दर्शकवृन्द आग्रह गर्दै छिटै नै हाम्रो भेट हुने वाचा गर्दछौ,’ सूचनामा भनिएको छ ।




