काठमाडौं । नेपालले नेदरल्यान्डसलाई २०७ रनको विशाल टार्गेट दिएको छ । त्रिकोणात्मक सिरिजअन्तर्गत कीर्तिपुर रंगशालामा भएको पहिलो खेलमा नेपालले २०६ रन बनाएको हो ।
नेपालको उच्च रन स्कोरमा कुशल भुर्तेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक मुख्य रह्यो । कुशलले डेब्यु खेलपछि लगातार तीन अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका छन् ।
नेपालले दोस्रोपटक टी२० मा २०० रन कटाएको छ। यसअघि भुटानविरुद्ध २३६ रन बनाएको थियो। १५० रनभन्दा माथि बनाएको पाँचौंपटक हो।




