काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित भएको छ ।
केकीले लगातार दोस्रोपटक परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । दोस्रोपटक पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् । चलचित्रको छायांकन केकीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै हुने भएको छ ।