देश

ओलीलाई योगेशको कटाक्ष, ‘विद्वान र इमान्दारमाथि कारबाही, मूर्ख र भ्रष्ट पुरस्कृत

काठमाडौं । एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् ।

एमाले अध्यक्षको हैसियतमा ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छन् । सो निर्णयप्रति आपत्ति जनाउँदै नेता भट्टराईले ‘ॠषिमुनि र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल ‘विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ भनेर टिप्पणी गरेका छन् ।

‘ॠषिमुनि र बुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल ‘विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मूर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *