देश

सुन्दरी नायिका केकी अधिकारीले गरिन् केश मुण्डन

काठमाडौं । नेपाली अभिनेत्रीहरूले पनि चरित्रअनुसारको भूमिका निभाउन आफूलाई यथार्थ ढंगले प्रस्तुत गर्न थालेका छन् । केही समयअघि अभिनेत्री निशा अधिकारी र सुरक्षा पन्तले कपाल छोट्याएका थिए । सुरक्षाले त आमा चलचित्रका लागि केश मुण्डन नै गरेकी थिइन् ।

सुरक्षाको पदचाप पछ्याउँदै केकी अधिकारीले पनि केश मुण्डन गरेकी छन् । केकीले ‘बोक्सीको घर’ चलचित्रका लागि कपाल मुण्डन गरेकी हुन् । उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।

पहिलो पटक चलचित्रका लागि आफ्नो कपाल त्याग गरेकी उनले कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् । ‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *