देश

दशैको सम्मुखमा सेनाले बोलायो पृतनापतिको बैठक

काठमाडौं । नेपाली सेनाले दशैको सम्मुखमा पृतनापति समन्वयात्मक बैठक बोलाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको जानकारी दिएको छ ।
नेपाली सेनाले गत भाद्रमा उक्त वैठक बोलाउने निर्णय गरेपनि कोभिड -१९ को महामारीका कारण वैठक स्थगित भएको थियो ।पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रबाटै भच्र्युअल सहभागीता जनाउनेछन् । उनिहरुले आआफ्नो क्षेत्रको रिपोर्टिंग गर्नुको साथै कार्यक्षेत्रमा देखिएका चुनौतीको बारेमा पनि जानकारी दिनेछन् । त्यस्तै सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुनेछ ।
जंगी अड्डाका सहभागीहरुले कोभिड(१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *