काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन। समाजसेवी प्रसाईँको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन । सभापति देउवाले उनमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।
प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए । विसं १९७८ माघ १५ मा जन्मिएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।




