कोशी प्रदेश

एक तिहाई बिद्यालयमा सिकाई सहजिकरण

उदयपुर । कोरोना भाइरस कोभिड ( १९ का कारण अवरुद्घ रहेका बिद्यालयको पठनपाठन सुचारु गर्न उदयपुरका एक तिहाई बिद्यालयहरुले असोजको दोश्रो हप्ता देखि सिकाई सहजीकरण प्रक्रिया सुरु गरेका छन । बिशेष गरेर कोभिड –१९ को जोखिमभएका स्थानका बिद्यालयहरुले सिकाई प्रक्रियालाई निरन्तरता दिन थालेका हुन ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको २०७७ भाद्र १९ गतेको मन्त्री स्तरिय निर्णयअनुसार स्वीकृत बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा १४ ,३२ र ३३ को बिद्यालय तथा शिक्षकले सिकाई सामाग्री बिकास गर्न सक्ने ,मापदण्ड पालना गर्नु पर्ने र सिकाई सहजीकरण प्रणाली कार्यन्वयन सम्बन्धि बिशेष ब्यबस्थालाइ अंगिकार गर्दै कक्षाकोठामा निर्धारित मापदण्डअनुरूप सिकाई सहजीकरण प्रक्रिया संचालनमा ल्याएको एक प्रधानाध्यापकले बताए ।

शैक्षिक शत्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेकोसिकाई उपलब्धिलाई हासिल गर्न सिकाइ सहजीकरण बिद्यालय परिषरको बिकल्प नरहेकोले माध्यमिक बिद्यालय ले ३ सिफ्ट र आधारभूत बिद्यालय ले २ सिफ्टको कार्यतालिका बनाइ सहजीकरण गरिएको अर्का प्रधानाध्यापकले बताए । मंसिरमा अर्धबार्षिक परीक्षा, चैत्रमा बार्षिक परीक्षा लिनु पर्ने निर्देशिकाले ब्यबस्था गरेपछि बिद्यार्थी पोशाक बिनै बिद्यालय धाउन थालेका छन । संस्थागत बिद्यालय र यसका शिक्षक सबै भन्दा बढि मारमा परेका छन । संस्थागत बिद्यालय लाई बिद्यार्थी जोगाउनै चुनौति थपिएको छ ।
बैशाखको पहिलो हप्ता त्रियुगा नगरपालिकाको –३ को नुरि मस्जिदमा रहेका भारतिय र नेपाली समेत ३२ जनामा कोरोना भाईरस पोजेटिभ देखिए पछि हटस्पटको रुपमा रहेको थियो ।

उदयपुर को त्रियुगा , बेलका , कटारी नगरपालिकामा बिगतमा कोरोना संक्रमण दर न्यून हुँदै गएको र चौदण्डी गढी नगरपालिकाका साथै ताप्लि , रौतामाई , लिमम्चुबुङ र उदयपुर गढीमा पछिल्लो समय कोरोना संक्रमण दर सुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *