संखुवासभा । नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन “चुनौती र अवसर“ बिषयक अन्तरक्रिया कार्यक्रम गत शनिवार सम्पन्न भएको छ ।
संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा आयोजित जुम मार्फत गरिएको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका पूर्व महाँमन्त्री प्रकाशमान सिंहले कार्यक्रमलाई सम्बोधन गर्नु गरेका थिए । सम्बोधनका क्रममा सिंहले प्रविधिका माध्यमबाट प्रवासमा बसेर पनि नेपाली कांग्रेसको संगठनको सुधार र पार्टीको सुदृढिकरणका लागि गरेको चिन्ता र चासोको मुक्त कण्ठले प्रसंसा गर्दै आगामी आउने दिनमा पार्टीले खेल्ने भूमिका र कार्यदिशाको स्पष्ट खाका कोर्न सकेमात्र जनताको मन मस्तिष्कमा पार्टीले घर गर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नारयण प्रसाद साउदले जुम बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको भविष्य र भावी कार्यदिशा युवाहरुको हातमा हुनेहुँदा युवाहरुले एक ढिक्का भएकार पार्टीको संगठनमा लाग्नसकेमात्र संगठनले मूर्तरुप लिने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले परिवर्तनका संवाहक युवा जमात भएको हुँदा देश विदेशमा रहेर नेपाली कांग्रेसको संगठनमा खेल्नु भएको भूमिका उल्लेखनीय रहेको बताउँदै आगामी पार्टीको १४ औँ महाधिवेशनबाट सबल नेतृत्व चयन गर्न सके नेपाली कांग्रेसको संगठन सुदृढिकरणको दर्विलो आधार हुने बताए ।
कार्यक्रममा पूर्व राज्य मंत्री दीपक खड्का, नेपाली कांग्रेस संखुवासभाका सभापति दीपन कुमार श्रेष्ठ, पूर्व संसद टंक प्रसाद राईसमेतले जुम बैठकलाई सम्बोधन गरेका थिए । लोकतन्त्र प्रवर्धन अध्ययन प्रतिष्ठानको प्रतिनिधित्व गर्दै प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए भने स्वदेश एवं विदेशमा रहेका प्राध्यापक तथा विज्ञहरु लगायत अमेरिका संखुवासभा जनसम्पर्क समितिका सल्लाहकारहरुले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । नेपाली कांग्रेस समाजवाद र अर्थनीति विषयक कार्यपत्रमाथि प्राध्यापक डा रामप्रसाद ज्ञवालीले समय सापेक्ष ढंगबाट पार्टी अगाडि बढ्नु पर्ने औँल्याए । यसै कार्यपत्रलाई टिप्पणीकारका रुपमा पूर्व उपकुलपति प्रा डा तीर्थराज खनियाले टिप्पणी गर्दै पार्टीले अंगिकार गरेको नेपाली कांग्रेसको समाजवाद र अर्थनीति पुरातन रुपबाट आजको वर्तमान अवस्थामा चल्न नसक्ने हुँदा प्रविधिमैत्री ढंगबाट वैज्ञानिक दृष्टिकोणले अगाडि बढाउनु आवश्यक रहेको औँल्याए। यसैगरी प्रध्यापक डा धनेश्वर नेपालले पार्टीको अभिलेखिकरण र मूल्यांकनको कसीमा नेपाली कांग्रेसको अवस्थाको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि टिप्पणीकर्ताको रुपमा प्राध्यापक अमेरिका संखुवासभा सम्पर्क समितिका सल्लाहकार धर्मराज कोइरालाले गरेका थिए। यसैगरी नेपाली कांग्रेसको भावी कार्यदिशा र जनसम्पर्क समितिको भूमिका विषयक कार्यपत्र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं प्राध्यापक डा यादव पण्डितले प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक डा राजन पन्तले नेपाली कांग्रेसको भावी कार्यदिशा र जनसम्पर्क समितिको भूमिका समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको औल्याए ।
कार्यक्रममा अमेरिका संखुवासभा जनसम्पर्क समितिका सल्लाहकार धर्मराज श्रेष्ठले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए । जनसम्पर्क समिति अमेरिका संखुवासभाद्वारा आयोजित कार्यक्रमलाई जनसम्पर्क समितिका उपाध्यक्ष अर्जुनकुमार कार्कीले बैठकमा सहभागिहरुलाई स्वागत गरेका थिए ।
जुम मार्फत भएको कार्यक्रममा संखुवासभा जिल्लाका पुर्व माननीयहरु, पुर्व केन्द्रिय सदस्यहरु , विभिन्न देश र क्षेत्रवाट प्रजातान्त्रिक परिपाटीमा विश्वास राख्ने विज्ञहरु साथै संखुवासभा अमेरिका जनसम्पर्क समितिका सल्लाहकार र संखुवासभा जिल्लावाट पार्टीको शिर्ष नेता तथा भातृ संस्थाका प्रमुखहरुको समेत सहभागिता थियो । अमिरका संखुवासभा जनसम्पर्क समितिका सचिव दिनेश डाँगीका अनुसार संखुवासभा जिल्लाबाट जुम बैठकमा पूर्व सांसद विना पौडेल, नेताहरु उषा कार्की, थलकुमार लिंखा, निरु बस्नेत, पसी शेर्पा, थिरबहादुर राई, अनन्तकुमार गौली, सल्यान नेपाली, रमेश सुन्दर उदास लगायत २ दर्जन बढी नेतृत्वहरुले जिल्लाबाट सहभागिता जनाएको सो कार्यक्रमको अध्यक्षता अमेरिकी संखुवासभा सम्पर्क समितिका अध्यक्ष कृष्णराज गिरीले गरेका थिए। जुम बैठक कार्यक्रम पहिलो पटक अमेरिका संखुवासभा सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमको संचालन समितिका महासचिव पद्मराज तामाङ र नेपाल विद्यार्थी संघ संखुवासभाका पूर्व उपसभापति एवं अमेरिका संखुवासभा सम्पर्क समितिका सचिव दिनेश डांगीले गर्ेका थिए ।
जुम बैठक कार्यक्रमको यो उत्साहजनक उपस्थिति सहितको महत्वपूर्ण सुझावले हामी उत्साहित र हर्षित भएको बताउँदै यो कार्यक्रमले हामीलाई प्रवासमा बसेर पनि पार्टीको गतिविधिमा सामेल हुन थप हौसला मिलेको अध्यक्ष गिरीले बताए ।




