काठमाडौं । २४ घण्टामा ५२ जिल्लामा २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गर्दा २२ सय ५३ जनामा कोरोना पुष्टि भएको हो । आज १४ सय २३ जना पुरुष र ८३० जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर बुधबार १ हजार ३ सय २९ जना निको भएका छन । अहिलेसम्म ६४ हजार ६९ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७३.७० प्रतिशत छ ।
२२ हजार २१९ सक्रिय संक्रमित मध्ये ११ हाजार ८ सय ९३ होम आईसोलेशनमा १० हजार ३ सय २६ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ४ हजार २ सय ३ संक्रमित छन ।
नेपालमा पीसीआर विधिबाट १० लाख ७४ हजार ४४८ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । मनाङ, मुस्ताङ, डोल्पा जिल्ला कोरोना मुक्त बनेका छन । आईसीयुमा २२६ र भेन्टिलेटमा ३४ जना संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ५३५ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६२ प्रतिशत छ ।




