देश

चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

भरतपुर। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *