देश

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै इजलाश ठप्प

 काठमाडौं । केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमणदेखिएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक सबै इजलाश बन्द भएका छन् ।

कोरोना संक्रमणको आशंकापछि सर्वोच्च अदालतको काम प्रभावित बन्नुका साथै बन्दी प्रत्यक्षीकरणबाहेक सबै इजलाश बन्द भएका हुन् ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको हो ।

उनका अनुसार बन्दी प्रत्यक्षीकरणका रिट हेर्नका लागि डा. मनोज कुमार शर्माको एउटा इजलास गठन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *