देश

दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म रोकिएको दिवा तथा रात्रिकालीन पर्यटक पर्यटक बस सेवा सुरु भएको छ ।

बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसमार्फत आफ्नो सेवा सुरु गरेका हुन् । अब पर्यटकले दिवा तथा रात्रिकालीन सेवा प्राप्त गर्न सक्छन् ।

झण्डै १२ करोडको लगानीमा शुरु भएको बससेवा असोज १ देखि नै शुरु भइसकेको व्यवसायीहरुले बताएका छन् । व्यवसायी श्रीकान्त आचार्यले मुख्यमुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *