काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। दशैंको मुखमा गरिएको यो सरुवाले मन्त्री बसन्तकुमार नेम्वाङमात्र होइन, सेटिङ मिलाउनेसमेत मालामाल भएको चर्चाले यतिबेला व्यापकता पाएको छ ।
मन्त्रालयले सुपरिन्टेन्डिङ इन्जिनियर (सुई), चिफ डिभिजनल इन्जिनियर (सीडीई) तथा सडक डिभिजन प्रमुखहरुको सरुवा गरेको हो। मन्त्री नेम्वाङले यसअघि गरेको सरुवामा पनि ठूलै चलखेल भएको बताइएको छ ।
बुधबार प्रकाशित सरुवा सूचीअनुसार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सुई कैलाशकुमार श्रेष्ठलाई काठमाडौं ल्याइएको छ। त्यस्तै, मन्त्रालयका सुई डा. विजय जैसीलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशकमा सरुवा गरिएको छ।
हेर्नुस् सूचि




