देश

कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार नाघ्यो

वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म संक्रमितको सङ्ख्या तीन हजार २ सय ७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७ सय ३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५ सय ३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९ सय ९७ जनामा पिसिआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।

यस्तै हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४ सय ५८ संक्रमित रहेका छन् । सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३ सय ३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा छ, वीरेन्द्रनगर होम आइसोलेसनमा २ सय ७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा दुई, बरहाताल आइसोलेसनमा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै दैलेखमा २९ संक्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुई, दुल्लु अस्पतालमा एक, भैरवी आइसोलेसन सेन्टरमा तीन, चामुण्डा आइसोलेसन सेन्टरमा पाँच, आठबिस आइसोलेसन सेन्टरमा १४ ठाटीकाँध आइसोलेसन सेन्टरमा चार रहेका छन् ।

जारजरकोट अस्पतालमा दुई र नलगाड आइसोलेसन सेन्टरमा तीन गरेर जाजरकोटमा पाँच संक्रमित रहेका छन् । सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुई जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जना संक्रमित रहेका छन् । यस्तै मुगुमा एक, डोल्पामा चार संक्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *