उदयपुर । बिश्व माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड -१९) ले मुलुक अर्द्धलकडाउन छ । यो समय नागरिक घरमै कैद छन । अहिले अधिकांश नागरिकको साथी बनेको छ – मोबाइल , कम्प्युटर टेलिभिजन तथा रेडियो , यी सबै साधनलाई संचालनमा ल्याउने बिधुत पटक पटक जाने आउने समस्याले थप चिन्तित बनेका छन सेवाग्राही । महिनौ देखि दैनिक १५/२० पटक सम्म बिधुत अबरोध हुने गरेकाेे छ । बर्षौ देखि यहि समस्याले पिरोलियका उपभोक्ता घरै बस्दाको पीडाले अझ आजित बनेका छन ।
बिना जानकारी घण्टौसम्म लाइन जाने बिषयमा कसैको सरोकार ,चिन्ता र चासो देखिएको छैन । अझ यो अबस्था जिल्लाको पुर्वी भेग चौदण्डीगढी र बेलका नगरपालिकामा अत्याधिक मात्रामा रहेको छ । नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गाइघाट ले आफुहरुलाई सौतेलो व्यवहार गरेको स्थानीयको गुनासो छ । बिधुत जाने आउने घण्टौ सम्म अबरोध हुने बिषयमा बितरण केन्द्र का प्रमुख रोशन कुमार सिंह लाई जानकारी गराउदा – हावाहुरी ,बर्षादका कारण फल्ड , ११ हजार र ३३ केभिमा गडबढी या माथिको सिस्टममै खराबिको रेडिमेड जवाफ पाउने गरेको सेवा ग्राहिको आक्रोस रहेको छ ।
न्युनतम १५ हजार ग्राहक हुदा शाखा स्थापना हुने प्राबधान भए पनि दुई नगरपालिकामा ३० हजारको हाराहारीमा ग्राहक संख्या रहे पनि शाखा त स्थापना त परै जावोस बेलटारमा रहेको प्रशाखामा समेत कार्यलय प्रमुखको जिम्ममेवारी कसैलाइ नदिइएको कर्मचारीको गुनासो छ ।
आफुहरुले दुइटा नगरपालिका सेवा क्षेत्र भित्र पुर्बमा सप्तकोसी उत्तर सुनकोसी दक्षिण सप्तरी सम्म सेवा पुर्याउनु पर्ने गाडीको सुबिधा त छैन मोटरसाइकल समेेेत चलाउन प्रयाप्त तेल नपाएको पैदल हिडेर किन सेवा दिन सकिन्छ उनले दुखेसो ब्यक्त गरे ।
२०५१/५२ मा बिधुतिकरण भएको चौदण्डीगढी नगरपालिकामा कतै ९ त कतै ११ मिटरका बिधुत पोल रहेका छन । डग , रेबिड र प्यान्थर जस्ता कबुलको प्रयोग हुनु पर्नेमा अझ सम्म ओथ्रि केबुलकै कारण फल्ट हुने र बिधुत अबरोध हुने समस्या रहेको ती कर्मचारीले बताए ।
विधुत नियमित आपुर्ति नहुदा ठूलो मार देशकै ठूलो अौधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लि. मा परेको छ । यता साना मझौला कुटिर उद्योग र कुटानी पिसानि मिलमा त्यतिकै समस्या परेको स्थानीय जितमान राइले
बताए ।
चौदण्डी गढिको बिधुतको दिरघकालिन रुपमा समस्या हल गर्न सदरमुकाम गाइघाट तर्फबाट लाइनिङका लागि पोल गडाइ सकियको र दशै सम्ममा समस्या हल हुने चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राइलेे बताए ।




