देश

नवलपरासीका सङ्क्रमित पुरुषको बुटवलमा मृत्यु   

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *