काठमाडौं । विपद व्यवस्थापन समितिले हेलम्बु गाउँपालिकाकालागि छुट्याएको टेण्ट जिल्लम समन्वय समितिका प्रमुखले नेकपा कार्यकर्तालाई जिम्मा लगाएका छन । जिल्ला विपद व्यवस्थापन समितिको कमाण्ड पोष्टले हेलम्बु गाउँपालिकाकालागि छुट्याएको १५ थान टेण्ट जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बुझेर नेकपाका नेतालाई जिम्मा लगाएका हुन । सरकारी सम्पतिमा नेकपाका कार्यकर्ताकाे हातमा पुगेपछि सराेकारवाला पक्षले आपत्ति जनाएका छन ।

विपद व्यवस्थापन समितिले गाउँपालिकाको नाममा दिएको टेण्ट पार्टी कार्यकर्तामार्फत बाड्नु सिस्टम विपरित भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन ह्योल्मो शेर्पाले बताए । समन्वय प्रमुखकको कार्यले विधिको शासन र सिस्टम माथिनै प्रहार गरेको अध्यक्ष शेर्पाको ठहर छ ।
जिसस प्रमुख तामाङले हेलम्बु गाउँपालिकाले बोल्देका लागि विपद व्यवस्थापन समितिलाई कुनै सहयोग नमागेको आरोप लगाए पनि गाउँपालिकाले भदौं ५ गते नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि बस्ती स्थानान्तरणमा सहयोग गरिदिन आग्रह गरेको थियो । ‘हामीले पहिल्यै सहयोग गर्न पत्र लेखेका थियौं हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले भने, सायद सोही अनुसार विपद व्यवस्थापन समितिले टेण्ट पठाएको हुनुपर्छ ।’
हेलम्बु गाउँपालिका ५ बोल्देको पहिरो पीडितका लागि छुट्याइएको टेण्ट वितरणमा गाउँपालिकालाई बेखबर बनाएर नेकपा कार्यकर्ताले आफूखुशी बढ्दा नेकपाको नियत स्पष्ट झल्कन्छ । दिनरात नभनी गउँपालिका बासीको सेवामा जुटेका अध्यक्ष शेर्पाको लोकप्रियताबाट डराएर नेकपाका नेताहरु चोरबाटोबाट प्रस्तुत हुन थालेका छन ।





