देश

बिहीबार थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ६ भएको छ । ४ महिला र २ पुरुष गरी ६ जनाकोे मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

बिहीबार नियमित मिडिया ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा .जागेश्व गौतमाले चितवन, भक्तपुर, तनहु र रुपन्देहीमा एक/ एक जना महिलाको मृत्यु भएको पुष्टि गरेका हुन । यसै गरी उनले सिन्धुपाल्चोक र रुपन्देहीका एक/एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।  आइसीयुमा १४१ जना र भेन्टिलेटरमा १७ जना संक्रमित उपचाररत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *