देश

धुसेनी पहिरो पीडितलाई घर निर्माण गर्न सुनकोशीले पाँच लाख दिने

काठमाडौं । सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन गाउँपालिकाले रु पाँच लाख दिने भएको छ । पहिराले पुरिएकाका घर निर्माण गर्न घटनास्थलमै पुगेर पाँच लाख सहयोग गर्ने घोषणा गरेको अध्यक्ष श्रवणकुमार जिसीले जानकारी दिए ।

पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आग्रह र उपस्थितिमा गाउँपालिका अध्यक्ष जिसीले पहिरो पीडितलाई पाँच लाख नगद सहयोग गर्ने घोषणा गरेका हुन ।

जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि गाउँपालिका र टुकी संघ सिन्धुपाल्चोकले ३० बण्डल जस्ता र ११ वटा टेण्टस, खानेपानी र चामल राहत स्वरुप उपलब्ध गराएको वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापले जानकारी दिएका छन ।

थापाका अनुसार जोखिममा रहेको घर परिवारलाई १० गते नै सुरक्षित स्थानमा सर्न आग्रह गरिएकाले उक्त पहिरोमा मानवीय हुन पाएको छैन । उक्त पहिरोले १६ घरमा क्षती पुगेको छ । पाखर दोभानका ५ वटा घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *