देश

२४ घण्टामा १२ जना संक्रमितको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

शनिबार तीन जना महिला र ९ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत जनकारी दिए ।

आज काठमाडौं, भक्तपुर र पाल्पामा एक एक जना संक्रमित महिलाको मृत्यु भएको छ । यसै गरी काठमाडौं, भक्तपुर, सिराह, गोरखा, कस्कीमा एक एक जना पुरुषको मृत्यु भएको छ । संक्रमणकै कारण पर्सा र ललितपुरमा दुई दुई जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गरे ।  नेपालमा प्रत्येक दुई घण्टामा एक जना संक्रमितको निधन हुन थालेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । संक्रमितहरु मध्ये १७५ जना आइशोलेशनमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *