देश

पूर्वक्षेत्रीय सभापति पन्नाकाजीकाे निधन,सभापति देउवाद्वारा दुःख व्यक्त   

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहनुभएका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गरेका हुन  ।

 महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आउनु भएका स्वर्गीय महर्जनले पार्टीको नवौँ महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नु भएको काँग्रेसले जनाएको छ ।

स्वर्गीय महर्जन नेपाल ट्रेड युनियन काँग्रेस तदर्थ समिति काठमाडौँका पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन पनि व्यतित गर्नु भएको थियो । सभापति देउवाले स्व महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *