काठमाडौं। २४ घण्टामा ७४३ जना संक्रमित थपिएका छन । जसमध्ये २४६ महिला र ४९७ जना पुरुष छन । आज १७५ जना डिस्चार्ज भएका छन । निकाे हुने दर ५८ प्रतिशत रहेकाे छ ।
१० हजार २ सय ३४ जनाको पीसीआर परिक्षण गर्दा ७४३ संक्रमित भेटिएका हुन ।७६ जिल्लमा सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ । ३२ हजार ६ सय ७८ कोरोना संक्रमितको संख्या पुगेको छ ।
आज १ सय ७५ को डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १८ हजार ८ सय ६ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
क्वारेनटाइनमा ११ हजार २ सय ७५ जना छन । संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५४ छन भने होम आइसोलेशनमा ४ हजार ५ सय ६१ छन ।
मुस्ताग, र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरग, पर्सा, महोत्तरी, रौतहट,सर्लाही, बारा र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
आइसीयुमा १ सय ३८ जना उपचाररत छन । भेन्टिलेटरमा १५ जना छन । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।




