काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरेका हुन।
राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताए।




