देश

पूर्वमन्त्री बस्नेतका पिताको दाहसंस्कारमा सहभागी ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतका स्वर्गीय पिता खड्गबहादुर बस्नेतको दाहासंस्कारमा सहभागी ५६ जना मलामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले स्वाब संकलन गरी परिक्षण गर्दा आइतबार २१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आउनेहरुमा चित्रबहादु बस्नेत, काशीराज बस्नेत, केदारमानसिंह बस्नेत, जयन्द्र पौडेल र क्षमादेवी उपस्वास्थ्य चौकी बाह्रविसेका दुई जना कर्मचारीसहित २१ जना छन ।
यस अघि लासबोक्ने बालकृष्ण बस्नेत लगायत ३५ जनाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
बस्नेतको त्रि.वि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा साउन २२ गते उपचारका क्रममा निधन भएको थियो । बस्नेतको निधन भएको ६ दिनपछि स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *