देश

नेकपा कार्यदलबारे तीन नेताको प्रश्न : सचिवालय बैठक राख्न कस्ले रोक्यो ?

 काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यदलको कार्यदेशबारे प्रश्न उठाउदै नेकपा तीन नेताहरुले प्रश्न उठाएका छन् ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेपछि कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकताबारे पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई शनिबार बिहान प्रश्न उठाएका हुन् ।

अनौपचारिक बैठकमा प्रचण्डले शुक्रबार ओलीसँग भएको कुराकानी र कार्यदलबारे नेताहरूलाई जानकारी गराएका थिए । बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बसेर विवाद निरुपण गर्नुपर्ने र कार्यदल बनाउनु परेपनि त्यही बाट बनाउनु पर्ने बताएको स्रोतले जनायो ।

शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएको थियो ।कार्यदलको बैठक अहिले जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *