देश

उपलब्ध प्रविधिमार्फत आ-आफ्नै घरबाट समवेदना व्यक्त गर्न पूर्वमन्त्री बस्नेतको आग्रह

काठमाडौं। पितृ शोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कोरोना संक्रमणको जोखिम बढ्दै गएका बेला शुभचिन्तकहरुलाई आ–आफ्नो घरबाटै समवेदाना व्यक्त गर्न आग्रह गरेका छन ।
प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नेता बस्नेतले मंगलबार विज्ञप्तीमार्फत आफ्नो घरबाटै उपलव्ध प्रविधिमार्फत सान्त्वना प्रकट गर्न आग्रह गरेका हुन ।
कोरोना महामारी र हरेका प्राकृतिक विपत्तिमा अहोरात्र खट्ने पूर्वमन्त्री बस्नेतले जोखिम सम्भावित न्युनिकरणका लागि सो आग्रह गरेका हुन ।

यस्तो छ पूर्वमन्त्री बस्नेतको अनुरोध
मेरा पूजनीय पिताजी खड्गबहादुर वस्नेतको स्वर्गारोहण भएको आज छैटौँ दिन हुँदै छ । यसैवेला सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको भीषण बाढी–पहिरोले धनजनको व्यापक क्षति भयो । बाटाहरू भत्किएर आवतजावतमा समेत कठिन भइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा नै व्याप्त भएको कोरोनाभाइरस ९कोभिड १९०ले नेपालका गाउँघर सबैतिर भय उत्तिकै छ । तर, पनि दिवंगत पिताजीप्रति श्रद्धाञ्जली अर्पण गर्ने, हामीप्रति स्नेह गर्ने, हाम्रो परिवारमा परेको दुःखमा सान्त्वना दिने शुभेच्छुक, नाताकुटुम्ब छरछिमेकी, विभिन्न पार्टीका साथीहरूले प्रतिदिन दिनुभएको सहानुभूतिका लागि हामी परिवारका सबै सदस्यहरू आभार प्रकट गर्दछौँ । प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता, सरकारले गरेको लकडाउन, हामी आफैँ सचेत हुनुपर्ने अवस्था र आवतजावतमा पर्ने कठिनाइका कारण यहाँहरूले हाम्रो घर बाह्रबिसेसम्म आउने कष्ट गर्नुभन्दा आफ्नो घरमा नै बसेर हाम्रा पिताजीप्रति श्रद्धा व्यक्त गरी उपलव्ध प्रविधिमार्फत हामीलाई सान्त्वना प्रकट गर्नुभएमा हामी कृतज्ञ हुने थियौँ ।

प्रतिकूल अवस्थालाई अनुभव गरी टाढाबाट आउनुहुने हाम्रा शुभेच्छुकहरू, पार्टीका साथीहरू, नातासम्बन्धीहरू सबैमा घरसम्म आउने कष्ट नहोस् भनी हाम्रो तर्फबाट क्षमायाचना सहितविनम्र निवेदन गर्न चाहन्छु । धन्यवाद १

मोहनबहादुर बस्नेत
केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख नेपाली कांग्रेस
तथा सम्पूर्ण परिवार बाह्रबिसे, सिन्धुपाल्चोक ।
२०७७।४।२७

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *