उदयपुर । बर्षात र भेलबाढिमा प्राकृतिक नाका बन्दी खेप्दै आएकाे उदयपुरको चौदण्डीगढी नगरपालिकाले अब भने निकास पाएको छ । चौदण्डी गढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राइले एक समारोह बीच ट्रष्ट बृृजको उद्घाटन गर्दैै नगरपालिका जनताका प्रत्यक्ष सरोकारका बिषयमा सधै चिन्तित रहेको भन्दै भौतिक पूर्बाधार र जनजीबिका प्रमुख सवाल र ऐजेण्डा सधै प्रतिवद्द रहेको उहाले बताए ।

राज्यको उच्च प्राथमिकतामा परेको मदन भण्डारी लोकमार्गको बिरेन्द्रचौक – बेलटार सडक खण्डको लामा खोलामा पुल नहुदा बर्षौ देखि सास्ती भोग्नुपरेको थियो । खोलामा बैकल्पिक फलामे पुल निर्माणसंगै स्थानीयले निकास पाएका हुन ।
केही बर्ष अगाडि जिपियस पैन्टलाइ आधार नबनाइ काम हुदा पुलको ट्रोपोग्रफिकल म्यापको जियोग्राफिमा प्रष्ट लामा खोला देखिँदा समेत खोलाको नाम काली लेखिदा खोला भन्दा दोब्बर लामाे पुल बनेको छ । केहिदिन अघिसम्म नदिमा आएको भेलबाढिका कारण प्रसुती , सर्पदंश ,आकस्मिक दुर्घटनामा अस्पताल पुर्याउन कठिन थियो ।

नगरपालिकाको करिब १० लाखको लागतमा ५ टन भारबहन क्षमता , ३ मिटर चौडाइ र ८० मिटर लामो फलामे पुल निर्माणसंगै साना हल्का सवारि साधन ३ चक्के ,४ चक्के ट्याम्पु एम्बुलेन्स सम्म तर्ने बैकल्पिक पुल निर्माण गरिएको नगर प्रमुख खगेन्द्र राइले बताए ।
मदन भण्डारी लोकमार्गमा पर्ने १२ वटा पक्कि पुल बन्न अवस्थामा रहेको त्यसमा सदरमुकाम गाइघाट पुर्ब ४ र पश्चिम ८ वटाको टेण्डर प्रक्रिया सम्झौता सम्पन्न भइ २०७७ जेष्ट संझौता सम्पन्न ३३ महिना भित्र करिब १ अरब २७ करोड ३७ लाखको लागतमा यसै अर्थिक बर्षदेखि सुरु हुने आयोजनाका ईन्जिनियर शंकर पौडेलले बताए ।






