काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय विभागमा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेल मनोनित भएका छन । महासचिव पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह समन्वय विभागमा मनोनित गरेका हुन ।
२०४९ सालमा मेची बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिमा सहसचिवको पदिय जिम्मेवारीमा रहेर सांगाठानिक गतिविधिमा होमिएको पौडैको कांग्रेस राजनीतिमा पनि योगदान कम छैन । कांग्रेस राजनीतिमा सक्रिय योगदान गरेका पौडेलले २०४७ सालमा ताप्लेजुङ जिल्लाबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन । पौडेल सहिद परिवारका सदस्य समेत हुन । नेपाली कांग्रेसमा आस्था राखेकै कारण उनका भाई लक्ष्मी पौडेललाई तत्कालिन माओवादीले २०५९ सालमा विभत्स हत्या गरेको थियो ।
विद्यार्थी र पार्टी राजनीतिमा मात्र नभई पौडेलले स्थानीय तहका कर्मचारीको बृत्तिविकास र हकअधिकारमा पनि ठूलो योगदान गरेका छन । २०५४ सालमा काठमाडौं महानगरपालिका लोकतान्त्रिक कर्मचारीहरुको सचिवको जिम्मेवारी सम्हालेका पौडेलले २०६४ सालमा काठमाडौं महानगरपालिका कर्मचारी संघको अध्यक्ष रहेर काम गरे । पौडेलले २०६२-०६३ सालको जनआन्दोलनमा महानगरका कर्मचारीहरुको नेतृत्व लिएका थिए । पौडेल २०७३ सालदेखि स्थानीय तह कर्मचारी युनियनको महासचिवको जिम्मेवारीमा छन । पदिय जिम्मेवारीमा रहदा कुशल कार्य गर्दै आएका महासचिव पौडेल यतिबेला स्थानीय तहका कर्मचारीको हक हित र वृत्ति विकासमा सक्रिय छन । स्थानीय तहका कर्मचारीलाई सरकारले उपक्षा गरेका बेला पौडेल कर्मचारीको दर्विलो भरोसा बनेका छन । कुशल राष्ट्रसेवक पौडेलले राजनीति र कर्मचारीतन्त्रलाई ब्यालेन्समा राखेर कर्मचारीको पक्षमा उभिदै आएका छन ।
पौडेललाई कांग्रेसले उनको योग्यता र क्षमताको मुल्यांकन गरेर स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्य मनोनित गरेको हो । स्थानीय तहका कर्मचारीको पीरमर्का बुझेका पौडेल विभागको सदस्यमा मनोनित भएपछि स्थानीय तहका कर्मचारीहरु समेत उत्साहित बनेका छन ।




