देश

चार वटै सुरक्षा निकायमा अत्यावश्यक बाहेका सबै विदा रद्द

 काठमाडौं । सुरक्षा निकायमा कोरोना संक्रमण बढ्दै नेपालका चार वटै सुरक्षा निकायले कोरोना महामारीका कारण देखाएर अति आवश्यक वाहेकका विदाहरु अनिश्चितकालका लागि रद्द गरेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै सबै विदा रद्द गरेका हुन् ।

समाजमा सबैभन्दा नजिकबाट घुलमिल भएका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुलाई विदामा छोड्दा संक्रमणको दर बढेपछि यस्तो निर्णय गरिएको एक सुरक्षा अधिकृतले भने । उनका अनुसार किरिया लगायतका अति आवश्यक विदाहरु भने यथावत छन्।

चार वटै सुरक्षा निकायमा पाँच सय भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीमा सबैभन्दा बढी,त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिको हो । राष्ट्रिय अनुसन्धान विभागमा पनि यसको प्रभाव परेको भन्दै विदा कटौति गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *