देश

थप दुई कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौं। कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । आइतबार नियमित मिडिया ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा .जागेश्व गौतमाले कास्की र पर्सामा एक-एक जानाको मृत्यु भएको पुष्टि गरेका हुन ।
पोखरा महानगरपालिका वडा नंम्बर १९ का ६२ वर्षीय पुरुषको शनिवार राति ११ः३५ बजे उपचारको क्रममा निधन भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनी मधुमेहका रोगीसमेत भएको गौतमले बताए । साउन १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सघन उपचार कक्षमा उपचाररत थिए ।

कोरोना संक्रमणकै कारण पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २ की २० वर्षीया युवतिको शनिवार निधन भएको पुष्टि आजै स्वास्थ्य मन्त्रालयले गरेको छ । उपचारका क्रममा भौतारीएकी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत्यू भइसकेको थियो ।

मृत्यु पश्चात पीसीआर परिक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *