देश

बस्नेतको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन। बस्नेतको ८४ वर्षको उमेरमा गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । स्व बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाइएको छ ।

Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *