देश

दियालो आमा समुहको सहयोग

नारायणगढ । नारायणगढमा रहेको दियालो आमा समुहले हिजो शुक्रवार देवघाटधामका बालिकासँगै वृद्धवृद्धाहरुलाई विभिन्न सहयोग प्रदान गरेको छ । देवघाटधामको चितवनमा रहेको श्रीराम जानकी बालिका आश्रम कन्या गुरुकुल रहेका बालिका र तनहुँमा रहेको वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई समुहले विभिन्न सहयोग गरेको हो ।

समुहले बालिका आश्रममा रहेका बालिकाहरुलाई खीर खुवाउनुका साथै खाध्यान्नसहित विभिन्न सहयोग गरिएको समुह अध्यक्ष गीता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालिकाहरु का लागि खिरसँै जनैपूर्णिमा पर्वमा खाइने क्वाटी, तेल, मरमसला ,किसमिससहित बालिकाहरुका लागि भित्री वस्त्र, सेनेटरी प्याडलगायतका सामाग्री सहयोग गरिएको छ ।

समुहले शुक्रवार नै रहेको देवघाट क्षेत्र विकासबाट सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम)मा रहेका वृद्धवृद्धाको लागि फलफूल तथा खाध्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रम संयोजक समुह कोषाध्यक्ष शान्ती श्रेष्ठले आश्रममा आश्रित बालिकाहरु र वृद्धवृद्धालाई हरेक चाडपर्व परिवारमा नै मनाएको आभाष दिलाउन समुहका दिदीबहिनी मिलेर सहयोग गरेको जानकारी गराउनु भयो ।

सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, दियालो टोल विकास सस्थाका सदस्य अर्जुन श्रेष्ठ, सिताराम माविका शिक्षक भेगलाल वराल, समुह उपाध्यक्ष सावित्री ढकाल सचिव इन्दिरा तामाङ घिमिरे, बालिका आश्रमका अध्यक्ष माता सावित्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सावित्री माताले साउन १५ एकादशी पर्व परेकोले साउन १६ मा भए पनि विभिन्न सहयोगसहित बालिकाहरुलाई खीर खुवाउने कार्यक्रम खुशी व्यक्त गर्नु भयो ।

उहाँलाई सो अवसरमा वालिकाहरुलाई अभिभावकत्व भुमिका रही आधुनिकका साथै गुरुकुलीय शिक्षा आर्जन गराइरहेकोमा समूले दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो । बालिकाहरुले सो अवसरमा भजन, राष्ट्रिय गीतका साथै तीज गीत गाएका थिए । आश्रममा हाल ३२ जना बालिकाहरु रहेका छन् । लोककल्याण सेवा प्रतिष्ठान नेपालद्वारा संचालित सो आश्रम यतिखेर आफ्नै भवन निमार्णका लागि जुटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *