देश

काँग्रेसका नौ भ्रातृ सङ्घको म्याद छ महिना थपियाे 

काठमाडौँ ।  नेपाली काँग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि उक्त भ्रातृ सङ्घहरुको म्याद थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।
https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/116017292_1793851857434031_6097400493510275822_o.jpg?_nc_cat=107&_nc_sid=8024bb&_nc_ohc=YfBeojuheEkAX_qxh-U&_nc_oc=AQlBEYFq-iSDdeZvZRO2n8OA9Cd4X40815KOzK4ZzmwrW_6zEXvKNHGziywZv9jvW7k&_nc_ht=scontent.fktm8-1.fna&_nc_tp=7&oh=87d0cbf5a591c9b7b1c0b3f4139221fe&oe=5F4BD47B

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *