देश

कोरोनाले पत्रकार श्रेष्ठको साउदीमा निधन

साउदी । कोरोना भाइरसको संक्रमणले साउदीमा कार्यरत एकजना नेपाली पत्रकारको मृत्यु भएको छ । लामो समयदेखि साउदीमा कार्यरत स्याङजाको गल्याङ नगरपालिका–८ का पत्रकार रोशन श्रेष्ठको मृत्यु भएको हो।

एनए मिडियाका प्रवन्ध निर्देशकसमेत रहेका श्रेष्ठको दमामस्थित सेन्ट्रल अस्पतालमा गत आइतबार उपचारका क्रममा निधन भएको थियो। उनलाई संक्रमण हुनुभन्दा पहिले दमको समस्या रहेको समेत बताइएको छ । संक्रमण भएपछि श्रेष्ठले ३५ दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेका थिए । ‘अत्यन्त मर्माहत र निशव्द छु, भौतिक शरीर अस्ताए पनि हामी सबैको मन मस्तिष्कमा सदैब समिपमा रहने असल र इमानदार आत्मिय मित्रप्रति हार्दिक श्रद्धाञ्जलि भन्नूबाहेक बाँकी केही रहेन्’ गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेजबहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

स्याङजा सहयोग समाजलगायत साउदीमा रहेका विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेर काम गरेका श्रेष्ठको मृत्युले साउदीका नेपाली समाज स्तब्ध भएको एनआरएनए आइसीसी सदस्य यास्मीन बेगमले बताएकी छन् । ‘जस्ले दैनिक कोरोनासम्बन्धी समाचार दिँदै सिंगो नेपाली समाजलाई सुसूचित गर्नुहुन्थ्यो, आज आफूले नै यो संसार छोड्नु भयो’ श्रेष्ठको मृत्युमा दुःख व्यक्त गर्दै बेगमले फेसबुकमा लेखेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *