कोशी प्रदेश

पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटीभ

सङ्खुवासभा।संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १ को सिंहदेवी मा.वि. नुनढाकीको भवनमा क्वारेन्टाइनमा राखिएका ३६ जना मध्ये १ जना महिलामा गरिएको कोरोना भाइरसको आरडीटी टेस्टको रिपोर्ट पोजिटीभ देखिए पछि त्यसलाई पिसीआर टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएको हो। यस अघि ३५ जनाको भने पहिलानै आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।
काठमाण्डौँबाट १५ दिन अघि बसबाट संखुवासभा जिल्ला आई स्थानीय वडा सरकारले बनाएको क्वारेन्टाइनमा रहेका ३६ जना मध्ये १५ औँ दिनमा ३० वर्षिय एकजना महिलामा कोरोना भाइरसको ¥यापिड टेस्ट रिपोर्ट पोजिटीभ देखिए पछि उनीसँगै अन्य एउटै कोठामा क्वारेन्टाइनमा राखिएका अन्य ३ जनाको समेत पिसिआर टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाका सूचना अधिकारी रोषणकुमार श्रेष्ठले जानकारी दिए । आरटीडी टेस्ट पोजिटीभ एकजना महिलामा देखिएसँगै एउटै कोठामा राखिएका अन्य ३ जनाको स्वाव लिई कोशी अञ्चल अस्पताल विराटनगरमा परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए ।
यसै गरी चैनपुर नगरपालिकाको वडा नं. ११ को वाणिविलास मा.वि. लोहाकोटको क्वारेन्टाइनमा राखिएका ६ जना मध्ये २ जनाको आरटीडी टेस्ट गराउँदा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । यसै गरी चैनपुर नगरपालिकाको वडा नं. ६ को सङ्खुवासभा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका १२ जना मध्ये ९ जनाको आरटीडी टेस्ट गराउँदा सबैको रिपोर्ट नेगेटिभ देखिए पछि आजैबाट ९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको समेत चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए।
जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाका अनुसार १० वटै पालिका भित्र बाहिरबाट प्रवेश गरेका नागरिकहरुको अहिलेसम्मको रिपोर्ट नेगेटीभ आएको जानकारी दिँदै सुरक्षितसाथ घरभित्रै रहेर कोरोना विरुद्ध लड्न सबै जिल्लावासीहरुलाई आग्रह समेत गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *