देश

रोल्पाका प्रजिअ ढकालद्वारा नागरिकका नाममा अपिल

 रोल्पा। जिल्ला प्रशासन कार्यालय रोल्पाले आज सर्वसाधारण नागरिकका नाममा अपिल जारी गरेको छ । अपिलमा प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालको हस्ताक्षर रहेको छ । सशस्त्र युद्धको अन्त भएर देशमा शान्ति संझौता भएको वर्षाै बितिसक्दा सम्मपनि यस जिल्लाका विभिन्न क्षेत्रमा द्वन्द्वकालमा भएका विष्फोटक पदार्थ भेटिने, विष्फोट भई सर्वसाधारणको जिउ ज्यानको जोखिम हुने तथा सर्वसाधारणमा त्रास फैलिई शान्ति सुरक्षा तथा अमन चयनमा असर परेको भन्दै प्रजिअ ढकालले अपिल जारी गरेका हुन ।
अपिलमा उल्लेख भए अनुसार “२०७७ बैशाख १८ गते त्रिवेणी गाउँपालिका ७ मैतिकातिना स्थित दुम्ला खोला नजिकै विष्फोटक पदार्थ विष्फोट भई बाख्रा ग्वाला गएका ४ जना अबोध वालवालिकाले मृत्यूवरण गर्नुपर्यो । ” यो घटनाले रोल्पा र रोल्पालीले फेरी ठूलो मानवीय क्षति ब्यहोर्नु परेको छ,भने जिल्लाबासीहरुका त्रास उत्पन्न भएको छ । यसअघि २०७६ असोज ११ गते परिवर्तन गाउँपालिका १, कुरेली भित्रीवन पुवाखोरे भन्ने ठाउँमा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको थियो । सो बिस्फोटक पदार्थ नेपाली सेनाबाट ब्यवस्थापन गरिएको थियो । त्यसैगरी २०७६ फागुन २८ गते थबाङ गाउँपालिका ३ मिरुल टुटुस्थित कुवारी सामुदायिक जंगलमा द्वन्द्वकालका दुई बोरा विष्फोटक पदार्थ फेला परेको थियो । त्यस समयमा नेपाली सेनाबाट विष्फोट योग्य सामाग्री विष्फोट गरी बाँकी सामाग्रीहरु व्यवस्थापन गरिएको थियो । त्यसैले अबका दिनसम्म पनि जिल्लामा कहिकतै लुकाइछिपाई राखिएको विष्फोटक पदार्थ छ भने ब्यवस्थापनका लागि सचेत रहन र सहयोग गर्न सबैलाई अपिल गरिएको हो । जिल्लामा कहीकतै विष्फोटक पदार्थ रहेको भेटिए वा जानकारी प्राप्त भएमा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका व्यक्तिहरुलाई सम्पर्क गरी त्यस्ता विष्फोटक पदार्थ तथा शंकास्पद बस्तुलाई सहज व्यवस्थापन गर्न सहयोग गरिदिनु हुन प्रजिअ ढकालले सरोकारवाला सबैलाई अनुरोध समेत गरेका छन। जसका लागि सम्पर्क : प्रमुख जिल्ला अधिकारी : ९८५७८२७७७७ प्रहरी नायव उपरिक्षक : ९८५७८२५५५५ /९८५७८२२८५५ सशस्त्र प्रहरी नायव उपरिक्षक : ९८५१२५८९७० प्रमुख अनुसन्धान अधिकृत : ९८५७८४४२७०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *