अर्थ

सुनचाँदीको मूल्य वृद्धि : सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८७५ मा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *