काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउ सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।




