काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाला सुन एकैचोटी प्रतितोला २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ लाख ४८ हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।




