अर्थ

पेट्रोलको मुल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा २.५६ रुपैयाँले र डिजेलमा २५ पैसाले घटेर आएकोले निगमले बुधबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *