अर्थ

दसैँका लागि भक्तपुरमा च्याङ्ग्रा भित्रियो, मूल्य बढ्यो

भक्तपुर। मुस्ताङ हुँदै भक्तपुरमा यस वर्षका दसैँका लागि च्याङ्ग्रा ल्याइएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएका छन् ।

गत वर्षको तुलनामा यसवर्ष च्याङ्ग्राको मूल्य उल्लेख्य रूपमा बढेको छ । भक्तपुरका साथै काठमाडौं, ललितपुर, काभ्रे लगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा किन्न भक्तपुर आउन थालेका छन् । व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु १,३०० देखि १,३५० मा बिक्री गरिरहेका छन् । गतवर्ष प्रतिकिलो मूल्य रु १,०५० मात्र थियो ।

रामेछापका व्यापारी हिमलाल श्रेष्ठका अनुसार चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङको घारबाट प्रतिगोटा रु ४० देखि ४५ हजारमा खरिद गर्नुपरेको हो । “समान मूल्य तिरेर सानो–ठूलो मिलाएर ल्याउनुपर्छ, तर यहाँ किलोमा बिक्री गर्दा उपभोक्तालाई महँगो पर्छ,” उनले बताए ।

व्यापारी रमेश खड्काले पनि यसवर्ष मुस्ताङमै बढी मूल्य तिर्नु परेको र विभिन्न स्थानमा करिब रु ३० हजार कर तिरेको बताए । उनका अनुसार भक्तपुर नगरपालिकाले सल्लाघारीमा च्याङ्ग्रा राख्ने स्थान प्रयोगबापत प्रतिव्यापारी रु २५ हजार कर लिने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *