अर्थ

असोजमा वाणिज्य बैंकको मुद्दति निक्षेप ब्याजदर ०.११ प्रतिशत घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.११ प्रतिशत घटेको देखिएको छ ।

भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ ।यस्तै संस्थागत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर अधिकतम ब्याजदर ३.९६३ प्रतिशत रहेकोमा असोजमा घटेर ३.८७४५ प्रतिशतमा झरेको छ ।

असोजका लागि २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस्तै बाँकी २ ले बढाएका छन् ।त्यसो त भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ ।

यसरी असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । जस्तो लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन् । बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको व्याजदर स्थिर राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *