अर्थ

पेट्रोलको मुल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल र मट्टीतेलको मुल्य घटेको छ । निगमले शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । त्यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *