अर्थ

प्यारामाउन्ट मोटर्सद्वारा एमजी आईएम ६ नेपालमा आधिकारिक रूपमा सार्वजनिक

काठमाडौँ । मोरिस गराजेज (एमजी) का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभीको भव्य रूपमा सार्वजनिक गरेको छ ।

साउन १५ गते काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको एमजी आईएम ६ ले एआई इन्टेलिजेन्स संचालित इभीको नयाँ युगको संकेत गर्ने कम्पनीले जनाएको छ ।

अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ, आईएम ६ ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ।

देशभर उपलब्ध

एमजी आईएम ६ अब सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङ्गका लागि उपलब्ध छ । लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको कम्पनीले जनाएको छ।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने ‘हामी नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं । यो गाडी SAIC को इन्टेलिजेन्स इन मोसनको विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उत्कृष्ट रेज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल इभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो।’

एमजी आईएम ६का विशेषताहरू :

लक्जरी डिजाइन, भित्र र बाहिर

आईएम निम्न चारवटा मुख्य नवप्रवर्तनद्वारा सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीको भनाई छ ।

आईएम डिजिटल च्यासिस

उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित, यसको VMC (भेइकल मोसन कन्ट्रोल) प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ।

फ्युचरिस्टिक एआई क्याविन

उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच IAD जस्ता बुद्धिमान सुविधाहरूले सुसज्जित, यो क्याबिनले स्मार्ट, थप सहज ड्राइभको लागि परिवर्तनशील अवस्थाहरूमा निर्बाध रूपमा अनुकूल रहेको कम्पनीले बताएको छ ।

एड्‌भान्स्ड इलेक्ट्रिफिकेसन

कम्पनीका अनुसार ४००V प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्च स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान–टच IAD जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ।

अल्टिमेट सेफ्टी

सबमरीनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ ।

आईएम ६ (७५kwh) को प्रमुख विवरणहरू :

४०० V IGBT प्लेटफर्म
इभी रेञ्ज : ५०५ किमी (NEDC)
इभी रेञ्ज : ४५० किमी(WLTP)
७५kwh LFP ब्याट्री
उच्चतम गति : २०० किमी/घन्टा
उच्चतम पावर : 109kw हरीकेन मोटर
उच्चतम टर्क : 450Nm
२० इन्च एयरोडाइनामिक व्हील्स (PIRELLI New Scorpion टायरसहित)
अल्ट्रा सफ्ट सिंथेटिक लेदर सिट
भेन्टिलेटेड वायरलेस चार्जिङ्ग प्याड
तापरोधक प्यानोरामिक सनरूफ
Qualcomm Snapdragon द्वारा सञ्चालित इन्टेलिजेन्ट व्याधिन
२६.३” इमर्सिभ टचस्क्रिन
१०.५” सेन्ट्रल टचस्क्रिन
वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो
ADAS (NVIDIA Orin N चिपद्वारा सञ्चालित)
iM कनेक्टिभिटी
५ बाहिरी रंग विकल्पहरु
२ आन्तरिक रंग विकल्पहरु
Carb Mode यमभ सहितको इन्टेलिजेन्ट फोर जीत स्टीयरिङ
रोड न्वाइज कन्ट्रोल (RNC)
एमजी आईएम ६ को बुकिङ्ग अब सबै अधिकृत डिलरशिपहरूमा खुला छ । थप जानकारीको लागि वेबसाइटरडिलर लोकेटरमा भिजिट गर्न कम्पनीले अनुरोध गरेकोे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *