अर्थ

नाइमा एक्स्पोमा टोयोटाको ‘मेगा अफर’ : हाइब्रिड गाडीमा भारी छुटदेखि आजीवन निःशुल्क सर्भिससम्म

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ लाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मुलुककै सबैभन्दा ठूलो सवारी मेलामा युटिएसले आफ्ना लोकप्रिय हाइब्रिड इलेक्ट्रिक गाडीमा केन्द्रित रहँदै ‘टोयोटा मेगा अफर’ ल्याएको हो ।

एक्स्पो अवधिभर टोयोटाका कुनै पनि गाडी बुक गर्ने ग्राहकहरूले आकर्षक छुटहरू प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, बुकिङ गर्ने ग्राहकलाई भारी नगद छुटका साथै टोयोटा प्ल्याटिनम कार्ड र आजीवन निःशुल्क पिकअप तथा ड्रप को सुविधा पनि प्रदान गरिनेछ ।

एक्स्पोमा टोयोटाले आफ्नो बहुचर्चित ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’ र शक्तिशाली ‘ल्यान्ड क्रुजर २५०’ लाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्नेछ । यी मोडलका साथै अन्य लोकप्रिय सवारीसाधनहरू पनि अवलोकन तथा बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । गाडी खरिदकर्तालाई मात्र नभई, टोयोटाको स्टल भ्रमण गर्ने हरेक आगन्तुकलाई समेत कम्पनीले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ । कम्पनीले यो ‘मेगा अफर’ एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र सीमित रहने स्पष्ट पारेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *