अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *