अर्थ

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *