अर्थ

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक : १४ करोडको सेयर, २० लाख नगद र ४५ तोला सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार, उनीसँग १४ करोडभन्दा बढी मूल्यको सेयर, २० लाखभन्दा बढी नगद मौज्दात, र ४५ तोला सुन रहेको छ। गभर्नर पौडेलले सानिमा बैंक, सानिमा हाइड्रोपावर, मिडिल तमोर हाइड्रो, संयुक्त ऊर्जा, ग्लोबेको प्रालि र चितवन इनर्जीमा गरी कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व देखाएका छन्।

उनले श्रीमती प्रतिभा शर्मासहित विभिन्न बैंक खातामा २० लाखभन्दा बढी नेपाली रुपैयाँ रहेको उल्लेख गरेका छन्। साथै, सानिमा बैंकको डलर खातामा साढे ५ हजार अमेरिकी डलर पनि रहेको जनाएका छन्। जग्गा सम्पत्तिको रूपमा पौडेलको नाममा ललितपुरमा १ करोड ५५ लाख रुपैयाँ र नवलपरासीमा ६० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ। श्रीमतीको नाममा ४४ लाख मूल्यको सुजुकी कारसमेत रहेको विवरणमा उल्लेख गरिएको छ।

सार्वजनिक पदमा रहेकाले कानुनअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार पौडेलले यो विवरण सार्वजनिक गरेका हुन्।

gabanarko sampati public

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *