काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला स्थिर रहदै तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार पनि सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।




